19.1 C
Kathmandu
 

खोटाङका गायक हिमालको ‘परेलीले’मा सृजना र विकाश

काठमाडौँ । गायक हिमाल श्रेष्ठको स्वर रहेको ‘परेलीले’मा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सांगीतिक क्षेत्रमा लागेको करिब १ दशक हुनै लाग्दा खोटाङका गायक हिमालको आवाजमा आएको तिम्रो आँखाको परेली बोलको प्रतीक्षित गीतले राम्रो चर्चा पाएको छ । सार्वजनिक तिम्रो आँखाको परेलीले बोलको प्रेम गीतले आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको छ ।

सार्वजनिक गीतमा कृष्ण थापाको शब्द रहेको छ भने संगीत गायक स्वयमकै रहेको छ । गायक हिमालले यसअघि ‘क’ बाट कछुवा ख खरायो, तिमीलाई यति राम्री कस्ले बनायो’ ,सानीले, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् भने उनको ‘देउराली पाखैमा’ बोलको गीतको भिडियो बजारमा आउने क्रममा रहेको छ ।

सानैदेखि गायनमा रुचि भएका कारण संगीतिक क्षेत्र रोजेको बताउने गायक हिमालको पहिलो गीत ‘सानीले’ हो । जुन गीतले सांगीतिक क्षेत्रमा राम्रो सफलता हात पारेको थियो । राजधानीका जिनियस बोडिङ स्कुल, काम्याक इङलिस बोडिङ स्कुल, गौरी शंकर इङलिस बोडिङ स्कुल, हर्टल्याण्ड इङलिस बोडिङ स्कुल , लगायतका विद्यालयमा संगीत प्रशिक्षकको रुपमा समेत कार्यरत गायक हिमाल बुद्धाज स्टुडियोको सञ्चालक पनि हुन् । सरल र मिलनसार स्वभावका गायक हिमालको सुमधुर स्वर जति सुन्यो उती सुनौँ सुनौँ लाग्ने खालको छ ।

शुक्रबार सार्वजनिक गीतमा मोडलद्धय विकाश चौहान र सृजना कार्कीको अभिनय देख्न सकिन्छ । जसमध्ये विकाश अमेरिकामा बस्दै आएका युवा मोडल हुन् भने सृजना सिक्किमकी ख्यातीप्राप्त टिकटक स्टार , सिक्किम गर्ल हुन् । भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा देखाएका छन् ।

एक पछि अर्को रोमान्टिक र प्रेम गीतहरु निर्देशन गर्दै धमाधम आफ्नो सफल करियरलाई अघि बढाइरहेका निर्देशक धिताल म्यूजिक भिडियोको क्षेत्रमा एक सफल नाम हो । बुद्ध स्याङवाको एरेन्ज तथा गायक हिमाल स्वयमकै मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको यो रोमान्टिक प्रेम गीत

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर