काठमाडौं–नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थालाई पनि विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्न दिने भएको छ ।
यस्तो सेवा १० करोड रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले मात्र दिन पाउने राष्ट्र बैंकले जनाएको छ । कम्तीमा २० वटा शाखा काार्यलय सञ्चालनमा रहेको, कम्तीमा २० हजार ग्राहकसँग कर्जा÷ बचत कारोबार गरेको, राष्ट्र बैंकमा पेश गर्नुपर्ने विवरण अनलाइन मार्फत पेश गर्ने प्रतिबद्धता गरेको र सुचना प्रणाली भरपर्दे प्रविधि भएको लघुवित्तले विद्युतीय माध्यमबाट भुक्तानी दिन पाउँनेछन् ।
यस्तो सेवा प्रदान गर्नको लागि लघुवित्त कम्पनीले राष्ट्र बैंकसँग अनुमति माग्नु पर्नेछ । सेवा सञ्चालन गर्नेसम्बन्धी निर्णयको प्रतिलिपि, कार्डहोल्डरको सुरक्षाको प्रत्याभुती गरेको हुनुपर्ने, इन्टरनेट सेवा प्रदायकसँस्था सँग सेवा प्रदानका लागि सम्झौता गरेको हुनुपर्ने लगायतका विषय निवदेनसँगै राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
लघुवित्तले भुक्तानी सेवा प्रदान गर्दा कारोबार पश्चात एसएमएस अलर्ट प्रदान गर्नुपर्नेछ