21.1 C
Kathmandu
 

यूएईले नेपाललाई दियो ३११ रनको बिशाल लक्ष्य

२ चैत, काठमाडौं ।  आसिफ खानको विस्फोटक ब्याटिङप्रेरित युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालविरुद्ध ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । आसिफले ४१ बलमा शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रनको योगफल खडा गर्यो ।

यूएईका सातौं नम्बरमा ब्याटिङका लागि आएका आसिफ खानले १०१ रन बनाए । उनले ४१ बलमा चार चौका र ११ छक्का प्रहार गरे । आसिफले छैटौं विकेटका लागि अरविन्दले १३५ रनको अविजित साझेदारी गर्दै यूएईलाई विशाल योगफलसम्म पूर्याएका थिए ।

ब्रित्या अरविन्दले ९४ रन बनाए । अरविन्द २०औं ओभरमा १९ रनमा खेलिरहँदा क्याच हुनबाट बचेका थिए । ललित राजवंशीले गरेको उक्त ओभरको चौथो बलमा कुशल भुर्तेलले अरविन्दको क्याच छुटाएका थिए । अरविन्द १३४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । मुहम्मद वसिमले ६३ रन बनाए । वसिमले ४९ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । अविरन्दले दोस्रो विकेटका लागि वसिमसँग ७९ रनको साझेदारी गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर