13.2 C
Kathmandu
 

पाल्पा: साँचा सिद्धेश्वर विद्यालयले भव्यताका साथ मनायो ५६ औं वार्षिक उत्सव (फोटोफिचर)

पाल्पा । पाल्पाको साँचा सिद्धेश्वर आधारभूत विद्यालयले ५६ औं वार्षिक उत्सव तथा शिदेश्वर पुस्तकालयको १३ औ स्थापना दिवस धुमधामका साथ मनाएको छ ।

जसअन्र्तगतको ३ दिने वार्षिक उत्सव कार्यक्रम अन्तर्गत पहिलो दिन खेलकुद कार्यक्रम अन्तर्गत कबड्डी, सियो दौड, हिसाब दौड, चम्चा दौड, म्यूजिकल चेयर, तातो आलु , जस्ता खेल भएका थिए भने , दोश्रो दिन साहित्यिक कार्यक्रम अन्तर्गत निबन्ध कविता प्रतियोगिता , हजारी जवाफ र स्पेलिङ कन्टेस्ट भएका थिए , र अन्तिम दिन वार्षिक उत्सोब समारोह, सांस्कृतिक कार्यक्रम, विभिन्न विधामा विजय हासिल गर्ने विद्यार्थीहरू लाई पुरस्कार वितरण र विद्यालयको वार्षिक कार्यक्रम प्रस्तुत भएको थियो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा प्रतिनिधि केदार पाण्डेको सभापतित्व र प्रमुख अतिथि शोभाकर भट्टराई वडा अध्यक्षको प्रमुख आतिथ्यतामा र विभिन्न पार्टी प्रतिनिधिहरू, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु , छिमेकी टोलका विद्यालयका प्र. अ. हरुको उपस्थितिमा सव्य र भव्य रूपमा सम्पन्न भएको छ । विक्रम संवत् २०२३ सालमा स्थापित यस विद्यालयले निरन्तर ५६ वर्ष देखि यस क्षेत्रको शैक्षिक क्षेत्रको विकासका लागि उलेख्यनिय योगदान पुर्याउदै आएको छ ।

वार्षिक कार्यक्रममा , विद्यालयका प्र.अ. श्री प्रकाश पाण्डे बाट वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयको आय व्यय विवरण पेस गरेका थिए ।हाल यस विद्यालयमा प्र। अ को प्रतिवेदन अनुसार १४५ छात्र छात्रा अध्ययन गरिरहेका र आउने नया शैक्षिक सत्र बाट २०० भन्दा बढी विद्यार्थी संख्या पुर्याउने लक्ष्य राखेको मंच बाट पाण्डेले जानकारी दिए।

उक्त कार्यक्रममा भूपू विद्यार्थीहरू लाई विद्यालय परिवारले विशेष सम्जिदै धन्यवाद दिएको थियो । यस विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरू राष्टिय तथा अन्तराष्ट्रिय रुपमा चिर परिचित हुँदै आएका छन् । यस विद्यालयले उत्पादन गरेका व्यक्तित्त्व मद्धे पूर्व जलश्रोत राज्य मन्त्री श्री हरी प्रसाद पाण्डे एक उदाहरण हुन् । त्यस्तै गरेर हाल पोखरा रहेका मातृ सेवा ट्रस्टका अध्यक्ष श्री विष्णु प्रसाद पाण्डे सफल इन्जिनियर हुन् ।

त्यस्तै श्री विष्णु प्रसाद गैरे(श्री राम) हाल दक्षिण अफ्रिकमा चिकित्सकको रूपमा कार्यरत छन् । त्यस्तै गरी निरा न्यौपाने भैरहवामा चिकित्सकको रूपमा कार्यरत छिन् । जो अध्यनको रूपमा बाहिर रहेर पनि विद्यालयको शैक्षिक स्तर उन्नतिको लागि , प्रतिबा पाण्डे कँडेलले विशेष आर्थिक सहयोग गर्नु भएको छ । पूर्व शिक्षक नारायण प्रसाद पाण्डेका छोरा गोविन्द पाण्डे, पूर्व प्र. अ. पशुपति शर्मा का छोरा श्री कपिल न्यौपाने पनि इन्जिनियर पदमा कार्यरत छन् ।

पूर्व व्यवस्थापन समिति अध्यक्ष श्री हरी पराजुली छोरी वर्षा पराजुली हाल काठमाडौं ग्रान्डी अस्पतालमा कार्यरत छन् । त्यसै गरी भिमलाल गैरेका छोरा रामचन्द्र गैरे इन्जिनियरको रूपमा कार्यरत छन् । त्यस्तै स्थानीय टीकाराम पाण्डेको छोरा रामु पाण्डे आइटी इन्जिनियर को रूपमा नेपाल टेलिकममा कार्यरत छन् । यस क्षेत्रको एक मात्र सफल खेलाडी ,पत्रकार र उद्घोषक दुर्गा राज पाण्डे राष्ट्रिय गहनाको रूपमा चिर परिचित छन् । साथै दुर्गा राज पाण्डेकै भाई देशमै सर्प छोप्ने कलाका कारण प्रख्यात भएका छन् । उनको विज्ञतालाई वर्तमान अवस्थामा सबैले सम्मान गर्दै आइरहेका छन् ।

ई सबै प्रतिनिधि पात्र मात्र हुन् , यसै विद्यालयमा अध्ययन गरेका अन्य सयौ विद्यार्थीहरुले आ आफ्नो क्षेत्रमा समाजको योगदान हुने राम्रा कामहरू गर्दै आइरहेका छन् । आफ्ना मन्तव्य दिने क्रममा प्रमुख अतिथि तथा वार्ड अध्यक्ष शोभाकर भट्टराईले , यस विद्यालय को शैक्षिक स्थर उकास्न र विद्यालयका कठिनाइहरू को सम्बोधन गर्न आफू हरदम तयार रहेको कुरा बताए। कार्यक्रमको समापन गर्दै , यस विद्यालय व्यवस्थापन समिति तथा वार्ड प्रतिनिधि केदार पाण्डेले यस विद्यालयको शैक्षिक तथा भौतिक स्थर उन्नतिको लागि आफ्नो कार्यकाल भरी कुनै कसर बाकी नराख्ने बताएका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर