काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नगद प्रवाहमा समस्या भई समयमै कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई ऋण भुक्तानीमा सहजीकरण गरेकामा स्वागतयोग्य भन्दै अझै ब्याजदर घटाउने उपाय नदिएको बताएको छ ।
शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २०८० जेड मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नूपर्ने कर्जाको सावाँरब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा अतिरिक्त ब्याज लिन नपाइने व्यवस्था गरेको थियो ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तगएत निष्किय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवं सूक्ष्म निगरानी वर्गमा वर्गाीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरवलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर र ऋणीबाट लिने प्रिमियरसम्बन्धी व्यवस्थाको अनुगमनलानई थप प्रभावकारी बनाउने जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौं, २८ माघ । सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित ुकोउस ओपन म्याराथुन तथा रन फर फन २०७०ु सम्पन्न भएको छ।
सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन । सो खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा आयोजना गरिदै आएको छ ।
प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर, पेप्सीकोला, गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन भएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिएको छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् । तस्विरः नेपाली सेना