काठमाडाैं- विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारले समाजवादको नारा देखाएर खोक्रो कुरा गरेको बताएका छन्।
सरकारको आलोचना गर्दै उनले यो अवस्थामा जनताले सबभन्दा दु:ख र पीडा अनुभूति गरेको बताए।
‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता छ, यो देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शून्य छ।’
पुराना दलहरूको नेतृत्व सबै हिसाबले विफल भएको उनले तर्क गरे।
‘जब समाजवादको कुनै नीति नै छैन, काठमाडौंमा महलमा बसेर डेढ करोडको गाडी चढेर समाजवाद आउँछ ?’ बुटवलमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मिश्रले सरकारले समाजवाद बाटो नै अवलम्बन गर्न नसक्ने र नगर्ने दाबी गरे ।
शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरू कम्युनिष्ट र समाजवादी हुनै सक्दैनन् भन्दै उनले ‘समाजवादी’ भन्ने शब्दलाई खुकुलो र पुरानो बनाइएकोमा दु:ख व्यक्त गरे।
‘शिक्षा र स्वास्थ्यमा मूलत रूपमा राज्यको दायित्वलाई स्वीकार गर्दछन्,अब ४०-५० जनालाई खुसी पार्न शिक्षा र स्वास्थ्यमा लगानी गरेकाहरूलाई खुसी पार्नलाइ ३ करोड नेपालीको शिक्षा र स्वास्थ्यमा खेलवाड गर्नेलाई कम्युनिष्ट भन्ने,समाजवादी भन्ने अब हामी भ्रममा नपरौं।’
देशव्यापी अभियान चलिरहेको भन्दै उनले ३ महिने अभियानले पार्टीको संगठन बलियो बन्ने दाबी गरे।
अहिले पार्टीको संगठन निर्माणमा एग्रेसिभ ढंगले अघि बढिरहेको उनको धारणा छ। पार्टीलाई वैकल्पिक शक्तिका रूपमा अगाडि बढाउने उनको भनाइ छ