22.4 C
Kathmandu
 

आज सुनको मूल्य तोलामा २०० रुपैयाँ घट्यो

८ माघ, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । गत शुक्रबार प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँ घटेर एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार तेजावी सुन प्रतितोला एक लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी आज एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर