23.1 C
Kathmandu
 

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

२५ पुस, काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय क्षेत्री शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । सोमबार विज्ञापन प्रकाशन गरिएको हो । सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर