22.4 C
Kathmandu
 

कञ्चनपुर औलोको उच्च जोखिममा, सीमा नाकामा सतर्कता

कञ्चनपुर- खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा परेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको सङ्ख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ ।

तीन महीनाको अवधिमा कञ्चनपुरमा लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामीको सङ्ख्या २२ पुगेको छ । साउन, भदौ र असोजको हालसम्म औलोका ती बिरामी फेला परेका हुन् । औलोका बिरामी अधिकांश भारतमा काम गरेर फर्केका रहेका छन् । जसमा चार भारतीयसमेत रहेका छन् ।

आव २०७४/७५ मा औलोका १३५ बिरामी फेला परेका थिए । जसमध्ये तीन बिरामीमा प्लाज्मोडियम फल्सिफारमको संक्रमण भएको पाइएको थियो । गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरी औलोका रोगी खोजी गरिएपछि सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो ।

भारतका गुजरात, चेन्नई, नयाँदिल्ली, बैंगलोर, हल्द्धानी, पञ्जाव, उत्तर प्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, उडिसालगायत क्षेत्रमा लामो समय बसेर फर्केकामा औलो बढी देखिएको अधिकृत जोशीले बताउनुभयो ।

उहाँका अनुसार जनस्वास्थ्य कार्यालयले भारतबाट आउने बिरामीलाई आयातित र जिल्लामा बसोवास गर्ने बिरामीलाई स्थानीय भनेर छुट्याई उपचार गर्ने गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर