10.1 C
Kathmandu
 

अर्जुनलाई यौनको विषयमा प्रश्न सोधियो, तर लजाएनन् उनी

काठमाडौं । वेब सिरिज ‘निषेध टु’ को प्रोमोसनमा व्यस्त छन् यतिबेला भारतीय अर्जुन कपुर । एमटीभीको वेब सिरिज ‘निषेध टु’को प्रमोशनमा रहेका अर्जुनलाई संचारकर्मीले विवाह अघि यौन सम्बन्ध र धेरै पार्टनरसँगको सम्बन्ध कति सही भनेर प्रश्न सोधेको प्रश्नमा उनले विवाह गर्नुभन्दा पनि ठूलो कुरा हो कसैसँग सम्बन्धमा रहनु ।

विवाहसम्म पुग्नका लागि पनि त थुप्रै चरण पार गर्नुपर्छ । त्यसपछि तपाईंले ती व्यक्तिलाई भेटेर यहि व्यक्तिसँग विवाह गर्ने कि नगर्ने भनेर निश्चित गर्नुहुन्छ भनेर अर्जुनले घुमाउरो शैलीले उत्तर दिएका छन् ।

विवाह अघि यौन सम्बन्ध र धेरै पार्टनरसँगको सम्बन्ध कति सही भनेर प्रश्ने प्रश्नको घुमाउरो शैलीमा उत्तर दिँदै अर्जुनले भने तपाईंले मलाई मल्टीपल पार्टनर्सबारे सोधिरहनुभएको छ ।

अरे यो जीवन हो कुनै भिडियो गेम होइन त्यसैले मलाई लाग्छ कि तपाईंले आफ्नो प्रश्न फेर्नुपर्छ किनभने यसको जवाफ निकै लोजिकल छ ।’ अर्जुन आँफुभन्दा धेरै उमेर जेठी मलाईका अरोराको प्रेममा लामो समयदेखि छन् । यो जोडीको विबाहको चर्चा बेलाबेलामा चलिरहन्छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर