24.1 C
Kathmandu
 

प्रधानमन्त्री देउवा आज डडेलधुरा र बैतडीका सभालाई सम्बोधन गर्ने

३० कात्तिक, काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृहजिल्ला डडेलधुरा र बैतडीका आमसभालाई सम्बोधन गर्ने भएका छन् । डडेलधुराका तीन र बैतडीमा एउटा चुनावी सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ ।

आज बिहान धनगढीबाट प्रधानमन्त्री देउवा डडेलधुरा पुग्ने र ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजित कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार देउवा बुधबार बिहान गृहजिल्ला आइपुग्ने र साढे ११ बजे भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अजयमेरु गाउँपालिकाको देवल, बैतडीको शिवनाथ गाउँपालिका र डडेलधुराको गन्यापधुरा गाउँपालिकाको सकायलमा आजै हुने चुनावीसभालाई पनि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलि अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ ।  यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सातवटा चुनावी सभालाई सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेलधुरामा ८ जना उमेदवार छन् । देउवा ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर