22.1 C
Kathmandu
 

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२६ असोज, काठमाडौं ।  अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढ्दै ९४ हजार २ सय रुपैयाँ पुगेको हो ।  अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने अघिल्लो दिनमा मूल्यमा १५ रुपैयाँले घट्दै प्रतितोला एक हजार २ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर