19.1 C
Kathmandu
 

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले दलसँग छलफल गर्दै

९ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ । आगामी निर्वाचनका लागि दलहरुसँग आचारसंहिताको विषयमा आज छलफल गर्न लागेको हो । छलफलका लागि आयोगले विभिन्न १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीहरुलाई बोलाएको छ ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा आयोगले दलहरुसँग छलफल गर्न लागेको हो । आयोगले छलफलका लागि गृहमन्त्री बालकृष्ण खाँणसहित विभिन्न १२ राजनीतिक दलका पदाधिकारीहरुलाई बोलाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर