22.1 C
Kathmandu
 

सशस्त्र प्रहरीमा खुल्यो इन्सपेक्टर र असईमा जागिर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

७ असोज, काठमाडौं । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ। सशस्त्र प्रहरी बलले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो। जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो। कात्तिक ७ गतेभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै, सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) बंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बिहीबार राती बसेको बढुवा समितिको बैठकले उनलाई एकल बढुवा सिफारिस गरेको हो । बढुवा समिति सचिवालयका सदस्य सचिव राजु आर्यालले सिफारिस गरिएको सूचना जारी गरेका हुन् ।

सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो । योसँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण (ओ एण्ड एम) अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ । जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् ।

उपत्यका बाहिनीमा रहेका डीआईजी दाहाल सिफारिस भएको सातदिनभित्र कुनै उजुरबाजुर नभए बढुवा हुनेछन् । उनी बढुवा बरियतामा एक नम्बरमा थिए । उनका प्रतिस्पर्धी किशोर प्रधान थिए । सशस्त्र प्रहरीमा डीआईजी दाहाल हालका महानिरीक्षक राजु अर्यालकै ब्याची हुन् । उमेरका कारणले उनी समेत महानिरीक्षक अर्यालपछि सशस्त्र महानिरीक्षक दौडमा मिसिएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर