कैलाली – कैलालीको बौनियामा चौथो बर्दगोरीया सेतिलोक मार्ग खुल्ला राष्ट्रव्यापि फुटबल प्रतियोगिता हुने भएको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा आगामी कार्तिक ८ गते देखि २० गते सम्म उक्त फुटबल प्रतियोगिता हुने भएको हो । सो प्रतियोगिता बारे बौनियामा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । प्रतियोगिताका बारेमा जानकारी दिदै क्लबका अध्यक्ष प्रकाश साँउदले २०७० साल देखि २० हजार धनराशिबाट सुरु भएको प्रतियोगिताको पुरस्कारलाई बढाउदै यस पटक प्रथम पुरस्कार २ लाख पुर्याईएको बताए । साथै साउदले प्रतियोगितामा कैलाली कञ्चनपुर, बर्दिया, बाँकेका साथै विभागिय टीमको समेत सहभागि रहने बताए । साउदका अनुसार प्रतियोगिता संञ्चालन गर्नका लागी करीब १४ लाख खर्च लाग्ने बताए ।
उनले प्रतियोगितामा द्धितिय र तृतिय स्थान हासील गर्नेलाई क्रमश १ लाख र ५० हजार रहेको जानकारी दिए । बर्दगोरीया सेति लोकमार्ग भन्ने नारा उल्लेख गरीएको छ ,यसको उद्देश्य के हो भन्ने प्रशनमा क्लबका अध्यक्ष साउदले राष्ट्रिय गौरवको आयोजनमा पर्न सफल सेतिलोक मार्ग यहि मार्ग भएर जाने भएकाले यसलाई तत्कल सुचारु गर्नका दवाव स्वरुप भए पनि यो फुटबल प्रतियोगताको आयोजना गरीएको बताए ।
साथै हाम्रै यस गाउपालिकामा अवस्थित पर्यटकीय दृष्टिले पछाडी परेको बर्दगोरीया धार्मिक क्षेत्रलाई पनि पर्यटन क्षेत्रका रुपमा स्थापित गरी संरक्षण र संवद्धन गर्नका लागी बर्दगोरीया नाम दिईएको साउदले बताए । फुटबल विश्वकै लोकप्रिय खेल भएकाले बर्दगोरीया गाउपालिकामा रहेको युवा क्लबले यसलाई निरन्तरुता दिएको खेल संयोजक पुष्प भणडारीले बताए । भण्डारीले भने यस फुटबल प्रतियोगिताले बर्दगोरीया गाउपालिकालाई विश्व सामु चिनाउन सहयोग गर्नुका साथै नया खेलाडीलाई हौसला समेत प्रदान गर्ने बताए ।
कार्तिक ८ गते बाट हुने फुटबल प्रतियोगितालाई नकआउट चरणमा खेलाईने भएकाले यस प्रतियोगिताले खेलाडीहरुको क्षमता अभिबुद्धि गर्नुका साथै आगामि दिनहरुमा खेलाडीलाई प्रतियोगिता खेल्नका लागी प्रयाप्त अनुभव बटुल्ने अवसर प्रदान गर्ने खेल संयोजक भण्डारीले बताए । यति ठुलो प्रतियोगिता लागी आर्थिक कसरी संकलन गर्दै हुनुहुन्छ भन्ने प्रत्रकार को प्रशनमा आर्थिक संयोजक विकास मल्लले मुख्य प्रायोजक ,सह प्रायोजक र व्यानर प्रायोजक संग कुरा भईरहेको जानकारी दिनुभयो ।
साथै मल्लले प्रतियोगिता संचालन गर्नका लागी बर्दगोरीया गाउपालिकाले पनि सहयोग गर्ने मल्लले बताए । मल्लका अनुसार खेल मैदान बाहिर ८÷१० स्टल राखेर पनि प्रतियोगिता सफल पार्न आर्थिक संकलन गर्ने लक्ष्य रहेको बताए । प्रतियोगित करीब १३ दिन सम्म चल्ने छ । सो प्रतियोगितालाई अवलोकन गर्न कैलाली लगाएत विभिन्न जिल्लाका गरी करीब ८० हजार देखि १ लाख दर्शक आउने आयोजकले लक्ष्य लिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार,सर्बाधिक गोलकर्तालाई ५ हजार ५ सय ५५,उत्कृष्ट गोल रक्षकलाइृ ५ हजार ५ सय ५५ र उदयीमान खेलाडीलाई पनि ५ हजार ५ सय ५५ नगद सहित प्रमाणपत्र दिईने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।