22.1 C
Kathmandu
 

वडाध्यक्षले सिफारिस अस्वीकार गरेपछि स्थानीयले लगाए वडाकार्यालयमा ताला

भोजपुर – वडाबाटै नागरिकको काममा अवरोध पुर्‍याएको भन्दै अरुण गाउँपालिका–६, जरायोटारमा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।वडाध्यक्षले प्रदेश १ सरकारमार्फत दिएको बजेटले लिफ्टिङ्ग खानेपानी आयोजना सञ्चालनको लागि सिफारिस माग्दा नदिएपछि स्थानीयले ताला लगाएका हुन् ।

विनियोजीत बजेटको कार्यक्रम सञ्चालनमा वडाध्यक्ष ज्ञानेन्द्र दाहालले सकारात्मक नदेखिएकोले तालाबन्दी गरेको कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार योजना कार्यान्वयन गर्न आयोजनाबाट लाभान्वित वडा नम्बर ६ र ७ जरायोटारका सर्वसाधरणको समिति निर्माण गरिएको छ । खानेपानी आयोजनाका लागि प्रदेश १ सरकारले ३० लाख बजेट विनियोजन गरेको छ ।

खानेपानी डिभिजन कार्यालयमार्फत योजनाको काम गर्न वडाको सिफारिस चाहिने अवस्थामा वडाध्यक्ष नै योजनाको विरुद्ध उभिएकोले स्थानीय आक्रोसित बनेको समितिका सचिव अनिल राईले बताउनुभयो । सचिव राईले भन्नुभयो, ‘विगतमा वडाध्यक्षले सामान्य सिफारिसको काममा पनि आलटाल गर्ने गर्नुहुन्थ्यो स्थानीयबासीको बृहत भेलाले नै ताला लगाउने निर्णय गरेका हौँ ।’

वडाध्यक्ष दाहालले सर्वसम्मत समिति नबनेको कारण सिफारिस नदिएको बताउनु भएको छ । उहाँले राजनीतिक दलको पार्टी कार्यालयबाट बनेर आएको समितिका कारण सिफारिस नदिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वसम्मत समिति बनाउन आग्रह गरेको हो । तर उहाँहरुले ताला लगाउन उचित मान्नुभयो । ताला खोलेर सर्वसम्मत समिति बनाउन उहाँहरुलाई अनुरोध गरेको छु ।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर