24.1 C
Kathmandu
 

स्वास्थ्य मन्त्रालयको नयाँ प्रक्षेपणः दैनिक यति धेरै संक्रमित थपिने

४ माघ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट अबको एक महिना कठिन अवस्था झेल्नुपर्ने प्रक्षेपण गेको छ । मन्त्रालयको प्रक्षेपण अनुसार माघ दोस्रो साता दैनिक संक्रमण पुष्टि हुनेकोसंख्या उच्च हुनेछ । त्यो बेला दैनिक २० हजार हाराहारीमा संक्रमण पुष्टि हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयको प्रक्षेपण अनुसार अस्पतालमा सबैभन्दा बढी चाप माघ तेस्रो साता हुने इपिडिमियोलोजि तथा सरुवा रोग महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताएका छन् । त्यो बेला अस्पतालमा उपचाररत संक्रमितको संख्या झण्डै १४ हजारसम्म पुग्न सक्ने आकलन गरिएको पछिल्लो दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २५ पुसमा परीक्षण गरिएको नमूनामध्ये ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । २ माघमा आइपुग्दा यो संक्रमण दर बढेर ३२.८ प्रतिशतमा पुगेको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार अब एक हप्ता संक्रमणदर बढ्दै जाने छ र माघ दोस्रो उच्च बिन्दुमा पुग्नेछ । तेस्रो साताबाट विस्तारै घट्दै जाने आकलन गरिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या पनि ५ हजार आसपास छ । तर यो संख्या आगामी दुई हप्तासम्म अझै उकालो लाग्दै जानेछ र दैनिक २०–२२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको प्रक्षेपण छ ।

संक्रमितमध्ये ८५ प्रतिशतलाई सामान्य असर देखिनेछ भने १० प्रतिशत अस्पताल पुग्नुपर्छ, ५ प्रतिशतभन्दा कमलाई आईसीयू तथा भेन्टिलेटर सपोर्ट चाहिन सक्ने मन्त्रालयको विश्लेषण छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेल भन्छन्, ‘ओमिक्रोन भेरियन्ट कम घातक भएकाले कमै संख्यामा आईसीयू तथा भेन्टिलेटरमा जान सक्छन् । त्यसकारण हामीसँग भएका आईसीयू तथा भेन्टिलेटरले धान्न सक्ने अनुमान छ, तर जनरल बेडको अभाव हुने देखिन्छ ।’ स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभरमा ८ हजार २०२ वटा आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू, २७९७ आईसीयू र १००८ वटा भेन्टिलेटर सहितका बेड छन् ।

आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या क्रमशः बढिरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार, २३ पुसमा ८१ जनाको आईसीयूमा उपचार भएको थियो । २ माघमा यो संख्या बढेर १२२ पुगेको छ । ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएकाले अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । उपत्यकाका ठूला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुने संख्या दिनदिनै बढ्दै जाँदा जनशक्ति अभाव त हुने होइन भन्ने आशंका पैदा भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मात्र ३०० भन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर