21.1 C
Kathmandu
 

सुनचाँदीको मूल्य घट्यो

२ माघ, काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी १० रुपैयाँले घट्न पुगेको हो ।

महासंघका अनुसार घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर