19.1 C
Kathmandu
 

हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने खेलकुदमन्त्री विश्वकर्माकाे घाेषणा

काठमाण्डौ – सरकारले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नु भएको हो । आइतबार राष्ट्रिय खेलकुद परिषद्ले काठमाण्डौमा आयोजना गरेको चालु आर्थिक वर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धी मन्त्री विश्वकर्माले यस्तो बताउनु भएको हो ।

गोष्ठीमा बोल्दै उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकाले सरकारले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री विश्वकर्माले अबको डेढ वर्षभित्र गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेगरी आवश्यक योजना तय गरिएको पनि बताउनु भयो । उहाँले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई तीव्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराउनु भयो ।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकासका लागि विद्यालय तहमा खेलकुद ग्रामको विकास गर्न चाहेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा उहाँले राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई सुशासनमा जोड दिन पनि निर्देशन दिनुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर