23.1 C
Kathmandu
 

चीनमा शक्तिशाली ‘लेकिमा’ आँधी : १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारियाे

पूर्वी चीनको झेजियाङ प्रान्तको वेनलिङ शहरमा शनिबार बिहान शक्तिशाली आँधी ‘लेकीमा’ को कारण भूस्खलन हुनुअघि १० लाख बढी मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएकाे छ ।

१८७ किलाेमिटर प्रतिघण्टाको शक्तिशाली ‘लेकlमा’ आँधी, यो वर्ष नवौँ पटक आएकाे हाे । जसका कारण अनहुई, फुजियान, जियाङसु, झेजियाङ र संघाई नगरपालिकाको प्रान्तहरुमा भारी वर्षाको आशंका गरिएको छ ।

शुक्रबार दिउँसो झेजियाङ प्रान्तले शीर्षस्तरमा आफ्नो आपतकालीन प्रतिक्रिया दिएको थियो । सात लाखबढी मानिसहरुलाई स्थानान्तरण गरिएको थियो भने एक लाख १० हजार बढी मानिसहरु १२ हजार आश्रयस्थलमा बसेका थिए ।

झेजियाङ प्रान्तले सयभन्दा बढी डुङ्गा, २८८ ओटा उडान रद्द र रेलवे लाइन पनि बन्द गरेको छ । स्थानीय अधिकारीहरुले एक हजार उद्धारकर्तासँगै १५० ओटा दमकल, र १५३ ओटा डुङ्गा तयारी अवस्थामा राखेको छ ।

शनिबार बिहानसम्म संघाईमा २ लाख ५३ हजार मानिसहरुलाई स्थानान्तरण गरिएको छ । शक्तिशाली आँधीले झण्डै ३ हजार रुख उखेलेको छ भने सयभन्दा बढी बिजुलीका खम्बामा असर पुगेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर