9.1 C
Kathmandu
 

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले १८३७ सय  मत ल्याएका छन् भने भीम रावलले  २२३ सय मत पाएका छन्। अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ।

अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए। बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार दिएको थियो। त्यहीअनुसार ओ‌लीले सूची पनि बनाएका थिए। तर उनको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए। नेकपा एमाले अध्यक्ष प्रणालीमा गएपछि लगातार दोस्रो पटक अध्यक्ष चुनिने ओली पहिलो नेता हुन्।

यसअघि ओली नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई हराएर अध्यक्ष निर्वाचित भएका थिए। पहिलो कार्यकाल पार्टी अध्यक्ष हुँदा ओली दुई पटक प्रधानमन्त्री भएका थिए। दसौं महाधिवेशनबाट ईश्वर पोखरेल वरिष्ठ अध्यक्ष र शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका थिए। उपाध्यक्ष, सचिवलगायत विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि मतदान भएको थियो।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ -राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम...

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी, ४ माघ-बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस...

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

काठमाडौं, ४ माघ -काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५...