24.1 C
Kathmandu
 

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए । त्यसपछि सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिए । मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु पार्टी महाधिवेशनका सिलसिलामा चितवनमै रहेकाले मंगलबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर