28.1 C
Kathmandu
 

मतदानस्थलमा आचार संहिताविपरीत पर्चा बाँडेकोमा रावलको आपत्ति

१४ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले नेतृत्व चयनका लागि मतदान भइरहेको बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका छन् । भीम रावल र उनी पक्षका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै केपी शर्मा ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा वितरण गरेपछि रावलले त्यसलाई रोक्न माग गरेका हुन् ।

पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई याे काम रोक्न आग्रह गरेको जानकारी दिएका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु। उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर