10.1 C
Kathmandu
 

माओवादी केन्द्रका नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार

१३ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगेर सोही दिनबाट उपचार सुरू गरिएको थियो। उपचार सुरू गरेको चौंथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्।

नेता पुनको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन्। पछिल्लो परीक्षणअनुसार नेता पुनलाई सताएको विश्वमै बिरलै देखिने जण्डिस (बिलरुविन)को मात्रा समेत घटेर १८ मा झरेको छ। यसअघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो। बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरिर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरिर सुन्निनेजस्ता समस्या सुधार भएको छ।

उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए। आजमात्रै मेरो भिडिओ कल भएको थियो, उहाँको हिजोदेखि शरिर चिलाएको छैन, खान थाल्नु थालेको, सबैसँग कुरा गर्न थाल्नुभयो। अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो, चिकित्सकले खतरामुक्त भएको छिट्टै नेपाल फर्कनु हुन्छ भनेका रहेछन्,’ चापागाईंले भने, ‘बैंककबाट चीन उड्दा शरिर सुन्निएर ७२ केजी थियो, अहिले घटेर ६७ केजीमा झरेको छ। दिशामा रगत जाने समस्या पनि थियो त्यो बन्द भयो।’

नेता पुनले गएराति अध्यक्ष प्रचण्डसँग भिडिओमा कुराकानी गरेका थिए। वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए। नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यसअघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो। यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउँदा सन्चो भएको थियो।
- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ -राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम...

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी, ४ माघ-बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस...

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

काठमाडौं, ४ माघ -काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५...