24.1 C
Kathmandu
 

भीम रावलद्धारा पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता

१३ मंसिर, चितवन । नेकपा (एमाले)को अध्यक्ष पदका लागि भीम रावलले उमेदवारी दर्ता गरेका छन् । उनी निवर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने छन् ।  उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह अस्वीकार गरेका रावलले अध्यक्षमा उमेदवारी दिएका हुन् । उनको उमेदवारीसँगै अध्यक्षमा सर्वसम्मत हुने ओलीको चाहना पूरा हुन सकेन ।

यसअघि ओलीले रावललाई सम्झाउन नसकिएको बताएका थिए  । “उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नु’भो । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मानिरहनु भएको छैन । उमेदवारी नदिन आग्रह गर्छौं,“ ओलीले भनेका थिए । जवाफमा रावलले आफू अब फर्कने अवस्थामा नरहेको बताएका थिए । आफू धेरै अघि बढिसकेकाले फर्किने अवस्था नरहेको उनले बताएका थिए ।
- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर