24.1 C
Kathmandu
 

देशभर चिसो बढ्यो, उच्च पहाड र हिमाली भू–भागमा हिमपातको सम्भावना

१०  मंसिर, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो  । ‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ ।

महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ । जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ, भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएकाे छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर