13.1 C
Kathmandu
 

एमाले महाधिवेशन उद्घाटनमा प्रचण्ड चितवन नजाने

९ मंसिर, काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चितवनमा उद्घाटन हुने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रचण्ड शुक्रबार चितवन जान नसक्ने भएका हुन्।

‘भोलि प्रचण्ड कमरेड र मेरो अन्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं,’ श्रेष्ठले भने,‘पार्टीको प्रतिनिधि बनेर कोही नेता जानुहुन्छ होला अहिले टुंगो भइसकेको छैन।’ प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन्। महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए।

२०७५ जेठमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष थिए। नेकपामा हुँदा पछिल्लो समय उनीहरूबीच तीव्र मतभिन्नता थियो। सर्वोच्च अदालतको आदेशपछि गत फागुनमा नेकपा बनेका एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए। त्यसयता ओली र प्रचण्डले सार्वजनिक रूपमै एक-अर्कालाई चर्को आलोचना गरिरहेका छन्। चितवन प्रचण्डको गृहजिल्ला हो। भरतपुरमा उनकी छोरी रेनु दाहाल महानगरकी मेयर छन्।

 

एमालेको महाधिवेशन उद्घाटनमा प्रचण्ड जान्छन् कि जान्नन् भन्ने आमचासो थियो। एमालेबाट फुटेर बनेको  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले महाधिवेशनको निम्तो नै दिएको छैन। सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार हेलिकप्टरमा चितवन जाँदैछन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...