24.1 C
Kathmandu
 

आज पनि घट्यो सुनको मूल्य

९ मंसिर, काठमाडौं । सुनको मूल्य लगातार तेश्रो दिन पनि घटेको छ। मंसिर ९ गते, बिहीबार सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको छ।

महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन सुन तोलामा ५०० रुपैयाँले गिरावट भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। कार्तिक ६ गते यता सुन निरन्तर ओरालो लागिरहेको छ। बिहीबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने वृद्धि भएको छ। यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो।

यसअघि बुधबार चाँदीको मूल्य घटेको थियो। सो दिन चाँदी तोलामा ३० रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २२५ रुपैयाँ ताकिएको महासंघले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढोत्तरी भएको छ । आज सुन प्रतिअउन्स २ डलर भन्दा धेरैले बढेर एक हजार ७९२ डलर बराबरमा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि सामान्य रुपमा बढेर प्रति अउन्स २३ डलर भन्दा बढिमा खरिदबिक्री भइरहेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर