13.1 C
Kathmandu
 

एमाले अध्यक्ष ओली आज चितवन आउँदै

९ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औँ राष्ट्रिय महाधिवेशनका लागि आज चितवन जाँदै छन् । ओली बिहान ११ बजे त्यसतर्फ जाने उनको सचिवालयले जनाएको छ । ओलीको सचिवालयका अनुसार उनकी धर्मपत्नी राधिका शाक्य र सुरक्षाकर्मी पनि सँगै जानेछन् ।

एमालेको महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । त्यसका लागि नेता–कार्यकर्ताहरू चितवन जानेक्रम सुरु भइसकेको छ । महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाखजना सहभागी गराउने पार्टीको तयारी छ । उद्घाटन समारोह नारायणी नदी किनारमा हुनेछ । बन्दसत्र सौराहामा गरिने जनाइएको छ । यही मंसिर १०–१२ गतेसम्म महाधिवेशनको मिति तय गरिएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...