9.1 C
Kathmandu
 

एमाले महाधिवेशनमा अत्यावश्यक सवारी नरोकिने

९ मंसिर, चितवन ।  नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ। पूर्व-पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइँदै छ। बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारी साधनमा रोक लगाइने छ। तामाङले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेस लगायतका सवारी साधन भने व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए। पूर्व-पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनलाई व्यवस्थापन गरिएको छ। नारायणगढ–मुग्लिनतर्फबाट आएका सवारी साधन बाइपास सडक हुँदै पूर्वतर्फ जाने छन्।

पश्चिमतर्फ जानेलाई केन्द्रीय बस ट्रमिनलबाट भित्री सडक प्रयोग गरेर बाह्रघरे हुँदै नारायणी नदीको पुलबाट नवलपरासीतर्फ पठाइने छ। त्यताबाट आएका सवारीलाई पनि भित्री सडक प्रयोग गरेर केन्द्रीय बस ट्रमिनल हुँदै गन्तव्यतर्फ पठाइने छ। ‘यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन गरिएको छ, अत्यावश्यक सवारी कहीँ पनि रोकिँदैनन्,’ उनले भने।

 

मानिसको चाप धेरै भएको ठाउँमा सवारी साधनसमेत चलेमा दुर्घटना हुनसक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ। गाडी रोकिने नाकामा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन्। महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ। उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ। रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ -राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम...

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी, ४ माघ-बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस...

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

काठमाडौं, ४ माघ -काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५...