13.1 C
Kathmandu
 

आज नेप्से परिसूचक १.८२ अंकले बढ्यो

८ मंसिर, काठमाडौं । केही दिन यता लगातार जसो घटिरहेको शेयर बजार बुधबार भने सम्हालिएको छ । दिनभर भएको तीव्र उतारचढाव पछि कारोबार बन्द हुँदा १ दशमलव ८२ अंक्ले बढेर बजार बन्द भएको छ । झिनो अंकले नेप्से परिसूचक सकारात्मक देखिए पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सकारात्मक देखिन सकेन । यद्यपि, कारोबार रकममा भने झिनो सुधार देखिएको छ । सोमबार ४ अर्ब पनि नपुगेको शेयर कारोबार रकम मंगलबार ४ अर्ब १६ करोड हाराहारीमा रोकिएको थियो ।

बुधबार भने कारोबार रकम ४ अर्ब २१ करोड नाघेको छ । दिनभर भएका ५४ हजार ७ सय ३ कारोबारबाट २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँ पुगेको छ । बैंकिङ, व्यापार निर्जिवन बीमा कम्पनीहरुको कारोबार मापन गर्ने सबइन्डेक्सहरु घटेर नकरात्मक देखिएका छन् भने बाँकी सबै बढेका छन् । बुधबार धेरै कमाउनेमा मैलुङ खोला हाइड्रापावर कर्णाली विकास बैंक रहेका छन् ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...