13.1 C
Kathmandu
 

नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम निरन्तर घट्दै

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा समान्य वृद्धि भएको छ । सोमबार बजार परिसूचक नेप्से ७.९० अङ्कको वृद्धि हुँदा २७६५.४४ अङ्कमा बन्द भएको छ ।

नेप्से परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने निरन्तर ओरालो लाग्दै गएको छ । आइतबार ४ अर्ब ३५ करोडको कारोबार भएको बजारमा आज कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन । आज बजारमा ७५ लाख ६५ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९१ लाख ६२ हजारको कारोबार भएको छ ।

नेप्से परिसूचकमा सामान्य वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बिममा र उत्पादनमुलक उपसूचकमा भने गिरावट भएको छ । वित्त कम्पनी उपसूचकमा सवार्धिक ०.८८ प्रतिशत गिरावट हुँदा विकास बैंक उपसूचक ०.६५ प्रतिशत, र उत्पादनमुलक उपसूचकमा ०.३८ प्रतिशतले गिरावट भएको छ । यता होटेल तथा पर्यटन उपसूचक सवार्धिक ४.५१ प्रतिशतले वृद्धि हुँदा, अन्य उपसूचक १.३३ प्रतिशत, निर्जीवन बिमा उपसूचक ०.८१ प्रतिशत, लगानी उपसूचक ०.८३ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.१६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्ने तयारीमा रहँदा लगानीकर्ताको त्यसकै पर्खाइमा छन् । जसले गर्दा बजारमा खरिद र सेलिङ दुवैतर्फ सुस्तता छाएको छ । केन्द्रीय बैंकले यही साता सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति समीक्षामा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको ४/१२ को सीमा हटाउनुपर्ने भन्दै ठुला लगानीकर्ताले लबिङ गरिरहेपनि त्यसमा पुनर्विचार हुने अवस्था छैन । जसले गर्दा ठुला लगानीकर्ताको मनोवल वृद्धि हुने सकेको छैन ।

कारोबार रकम निरन्तर ओरालो लाग्दा बजारमा आज पनि केही समययता लगानीकर्ताको आकर्षण रहेको महालक्ष्मी विकास बैंकले लिड गरेको छ । बैंकको सवार्धिक ३४ करोडको कारोबार हुँदा, नेपाल दुरसञ्चार कम्पनीको २९ करोड र अरूण कावेली पावरको करिब १५ करोडको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबारमा आएकोमा ९४ कम्पनीको सेयमुलय वृद्धि हुँदा ८४ कम्पनीको घटेको छ भने ८ कम्पनीको सेयमूल्य स्थिर रहेको छ । मानुषी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा चन्द्रगिरि हिल्सको ९.७५ प्रतिशत, खानिखोला हाइड्रोपावरको ५.०३ र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ४.०८ प्रतिशतले बढेको छ ।

यता कर्पोरेट डेभलमपमेन्ट बैंकको सेयरमूल्य सवार्धिक ३.०७ प्रतिशतले गिरावट हुँदा रिलायन्स फाइनान्सको सेयरमूल्य ३.०६ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयमूल्य २.६० प्रतिशत, साना किसान लघुवित्तको सेयरमुल्य १.९८ प्रतिशत, र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य १.९५ प्रतिशतले घटेको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...