13.1 C
Kathmandu
 

न्यूजिल्याण्डविरूद्ध भारतको सिरिज क्लिनस्वीप

६ मंसिर, काठमाडौं । कोलकातामा खेलिएको अन्तिम टी२० खेलमा भारतले न्युजिल्याण्डलाई ७३ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गर्न सफल भएको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । कप्तान रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान दिए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले ३ विकेट लिए ।

१ सय ८५ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्ड १७.२ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा अलआउट हुन पुग्यो । मार्टिन गुप्टिलले ५१ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतको जीतमा ३ विकेट लिएका अक्षर पटेल म्यान अफ द म्याच घोषित भए ।

न्युजिल्याण्डविरुद्ध लगातार तेस्रो जीत हासिल गर्दै भारतले नयाँ इतिहास पनि रचेको छ । भारतले न्युजिल्याण्डलाई आफ्नो घरेलु मैदानमा टी२० शृङ्खलामा क्लिन स्वीप गरेको यो पहिलो अवसर हो । सन् २०१२ मा दुई टोलीबीच भएको पहिलो टी२० शृङ्खलामा न्युजिल्याण्डले भारतलाई हराएको थियो भने २०१७ मा भने टी२० शृङ्खला भारतले जितेको थियो । यसमा दुवै टोली क्लिन स्वीप गर्न भने असफल भएका थिए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...