16.1 C
Kathmandu
 

पहिलो टी-२० मा भारतले न्युजिल्यान्डलाई पाँच विकेटले

२ मङ्सिर,काठमाडौं । सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डलाई पाँच विकेट हराएको छ । जितसँगै भारतले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता बनाएको छ । जयपुरस्थित सवाई मानसिंह रंगशालामा टर हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । १६५ रनको लक्ष्य भारतले दुई बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

‘‘आजको खेलमा हामीले सोचेजस्तो सजिलो भएन । यसबाट खेलाडीले धेरै पाठ सिकेका छन्,’’ भारतको कप्तान रोहित शर्माले भने, ‘‘हाम्रो खेलाडीले जसरी खेल सके त्यसबाट कप्तानका रुपमा म खुसी छु । केही खेलाडीलाई हामीले गुमाएका छौं । त्यसको स्थानमा अन्य खेलाडीले आफूलाई प्रमाणित गर्ने मौका पाएका छन् । एक समय हामीलाई १८० को हाराहारीमा स्कोर बन्छ जस्तो लागेको थियो । तर, आज बलरले राम्रो गरे ।’’न्युजिल्यान्डका मार्टिन गुप्टिल र मार्क चापमनले अर्धशतक बनाएका थिए । ओपनर डरेल मिचेल पहिलो ओभरमै आउट भएपछि गुप्टिल र चापमनले भ्रमणकारी टोलीलाई डोहर्याएका थिए । दुई जनाले दोस्रो विकेटका लागि १०९ रनको साझेदारी गरे ।

 

चापमनले ५० बलमा ६ चौका र दुई छक्कासहित ६३ रन बनाए । चापमन आउट भएपछि ब्याटिङमा आएका ग्लेन फिलिप्स पनि शून्यमा पवेलियन फर्किए ।  त्यसपछि ओपनर गुप्टिलले टिम सेइफर्टसाग चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । ४२ बलमा तीन चौका र चार छक्का प्रहार गरेका गुप्टिल ७० रन बनाएर आउट भए । उनी आउट हुँदा न्युजिल्यान्ड १५०/४ को स्थितिमा थियो ।  सेइफर्टले १२ रन बनाए । रचिन रभिन्द्रले सात रन बनाउँदा मिचेल सन्टनर चार रनमा अविजित रहे ।

भारतका भुवनेश्वर कुमार र रविचन्द्रन आश्विनले समान दुई विकेट लिए । दीपक चहर र मोहम्मद सिराजले एक एक विकेट लिए ।  १६५ रनको लक्ष्य पछ्याएको भारतका ओनपर केएल राहुल र कप्तान रोहित शर्माले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरे । केएल राहुलले १५ रनमा आउट भए । त्यसपछि रोहित शर्माले सूर्यकुमार यादवसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे ।

रोहितले ३६ बलमा पाँच चौका र दुई छक्कासहित ४८ रन बनाए । रोहित आउट भएपछि सूर्यकुमारले रिशब पन्तसँग तेस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । सूर्यकुमारले ४० बलमा ६ चौका र तीन छक्कासहित ६२ रन बनाए ।  रिशब पन्त १७ रनमा अविजित रहे । श्रेयस ऐयरले पाँच तथा बेनकटेश ऐयरले चार रन बनाए ।  न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिँदा टिम साउथी, मिचेल सन्टनर र डरेल मिचेलको नाममा एक÷एक विकेट रह्यो । भारत भ्रमणमा रहेको न्युजिल्यान्डले दोस्रो खेल शुक्रबार राँचीमा खेल्नेछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...