13.1 C
Kathmandu
 

भारत रोहित शर्माको कप्तानीमा न्युजिल्यान्डविरुद्धको ट्वान्टी–२० सिरिज खेल्दै

१ मंसिर, काठमाडौं । रोहित शर्माको कप्तानीमा भारतले आज न्युजिल्यान्डविरुद्धको सिरिजअन्तर्गत पहिलो ट्वान्टी–२० खेल खेल्दै छ । हालै विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको भारत न्युजिल्यान्डविरुद्ध मैदानमा उत्रिन लागेको हो ।

जयपुरमा भारतले विश्वकपमा न्युजिल्यान्डविरुद्ध व्यहोरेको हारको बदला लिने योजना बनाएको छ । विश्वकपको सुपर–१२ मा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । पहिलो ट्वान्टी–२० खेल्दा भारत आफ्ना केही मुख्य खेलाडीबिना नै मैदानमा उत्रनेछ । यो खेलका भारतका विराट कोहली, हार्दिक पाड्या र रवीन्द्र जडेजाले  खेल्ने छैनन् । उनीहरूलाई टेस्ट क्रिकेटका लागि विश्राम दिएको बताइएको छ ।

न्युजिल्यान्ड पनि आफ्ना कप्तान केन विलियमसनबिना नै मैदानमा उत्रनेछ । ट्वान्टी–२० विश्वकपको उपविजेता न्युजिल्यान्डले टेस्ट क्रिकेटका लागि विलियमसनलाई विश्राम दिएको हो । भारत र न्युजिल्यान्डबीचको दोस्रो ट्वान्टी–२० खेल आउँदो शुक्रबार र तेस्रो खेल आइतबार हुने तालिका छ । दुई टोलीबीचको टेस्ट सिरिज यही नोभेम्बर २५ तारिखबाट सुरु हुनेछ । आजको खेल नेपाली समयानुसार साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...