9.1 C
Kathmandu
 

साहित्यकार विजय सागरलाई सम्मान अर्पण

काठमाडौं । भैरहवामा बसेर लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय रहँदै आएका साहित्यकार विजय सागरलाई लघुकथा समाज नेपालले २०७७ सालको ‘पद्मा रामचन्द्र लघुकथा सम्मान’ अर्पण गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक अनौपचारिक कार्यक्रमका बीच स्रष्टा सागरलाई वरिष्ठ नाट्यकर्मी अशेष मल्ल तथा प्रा. डा. लक्ष्मणप्रसाद गौतमले सम्मानपत्र अर्पण गरे । सम्मानपत्रका साथ नगद राशि १० हजार १०१ रुपैयाँ रहेको छ ।

स्रष्टा विजय सागरलाई २०७७ सालको सम्मान अर्पण गर्ने निर्णय गरिए पनि कोभिड–१९ को असहज परिस्थितिका कारण सम्मान अर्पण गर्ने अवसर मिलेको थिएन । कार्यक्रममा स्रष्टा विजय सागरले आफ्नो लेखन यात्राका पुराना दिन स्मरण गर्दै लघुकथा लेखनको चर्चा गरे । उनले लघुकथा बस कुर्दाकुर्दै पढ्न सकिने, चिया पिउने समयमा सिध्याउन सकिने हुनुपर्ने बताए ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौं, ४ माघ -राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा...

कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा यसो गर्नुहोस्

सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही...

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम...

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

बैतडी, ४ माघ-बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस...

कतिछन् काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमित ?

काठमाडौं, ४ माघ -काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ५...