22.1 C
Kathmandu
 

जुम्लामा २५ भेडाका पाठा जले

१९ असोज,जुम्ला । जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडा गोठमा आगलाागी हुँदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् । स्थानीयबासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठासहित लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएको जानकारी दिए।

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकायासहित १२ जनाका पाठा थिए। किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष  माग समेत गरे। रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर