24.1 C
Kathmandu
 

जनकपुर बमकाण्डका योजनाकार सञ्जय साहको सजाय उच्च अदालतले घटायो

१८ असोज, धनुषा । धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डको मुख्य योजनाकार भन्दै जन्मकैदको फैसला सुनाएका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) लाई उच्च अदालत जनकपुरले राहत दिएको छ। दुई साता बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकदिएको छ। १८ बैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको शक्तिशाली विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए। सो घटनामा धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको थियो।

अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए। ती मुद्दाहरुमा फैसला गर्दै जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो। जिल्लाको फैसलाविरुद्ध प्रतिवादीले उच्च अदालतमा रिट दायर गरेका थिए। पछिल्लो दुई साता लामो बहसपछि ज्यान मार्ने उद्योगमा उच्च अदालत जनकपुरका न्यायाधीशद्धय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले आइतबार १२ वर्षबाट साजय घटाएर साहविरुद्ध ७ वर्ष कैद सजाय सुनाएको रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

 

उनकाअनुसार ज्यान मार्ने उद्योगमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यद्यपी सो घटनामा १२ वर्ष सजाय पाउनेहरु अन्य अभियुक्तहरु मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झाविरुद्ध जिल्ला अदालतले गरेको फैसला उच्चले सदर गरिदएको उनले बताए। साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा उच्च अदालतले षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरेको रजिष्टार अधिकारीले बताए। सो मुद्दामा मुद्दामा अगामी कातिक १५ गते हुने बहसपछि सजाय निर्धारण हुने उनले जानकारी दिए। जिल्ला अदालतकै फैसलाअनुसार साह हाल काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर