13.1 C
Kathmandu
 

चितवनमा दसैँ तिहारमा ३० हजार खसीबोका माग

१८ असोज, चितवन ।  चितवनमा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ। जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ। कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान छ।

जिल्लामा ४०२ व्यावसायिक बाख्रा फर्म छन्। ती फर्ममा तीन लाख १० हजार ५१७ बाख्रा रहेको आचार्य बताउँछन्। तीमध्ये दुई लाख १७ हजार ३६१ खसीबोका रहेका छन्। ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उनको भनाइ छ। ‘८० प्रतिशत यहीको उत्पादन र बाँकी बाहिरबाट खसीबोका आउने गर्दछ,’ उनले भने। त्यसो त यहाँ उत्पादन भएका खसीबोका विभिन्न जिल्ला पुग्ने गर्दछन्। जिल्लामा वार्षिक दुई हजार ६८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्याङ्क छ।
अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो। विगतका वर्षमा दसैँ तिहारको समयमा ३१ हजार ८०० खसीबोका काटिएको तथ्याङ्क छ। आचार्यका अनुसार यस वर्ष त्योभन्दा बढी खसीबोका खपत हुने अनुमान छ। दसैँ तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ। यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन्। खसीबोका मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष उद्धव तिम्सिनाले घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको बताए।

उनकाअनुसार गत वर्ष पाँच हजार मात्रै खसीबोका खपत भएका थिए। यस वर्ष यो सङ्ख्या दोब्बर हुने उनको अनुमान छ। पसलमा आउने खसीबोका छिमेकी जिल्लाका पनि हुने गर्दछन्। उनकाअनुसार नवलपरासी, गोरखा, लमजुङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट यहाँ खसीबोका आउने गर्दछन्। जिल्लामा ३०० हाराहारी मासु पसल रहेका छन् । पछिल्ला वर्षमा जिल्लाका ग्रामीण क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालन थालिएको छ।

विज्ञकेन्द्रमा ४०२ फर्म दर्ता भए पनि दर्ता नभई धेरै फर्म सञ्चालनमा छन्। ग्रामीण क्षेत्रमा सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गरिँदै आएको छ। मुख्यरुपमा पहाडी क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गरिँदै आएको छ। कालिका नगरपालिकाको देवीटार, गौरीबारी, चिसापानी, अजिङ्गरे, भर्लाबारीलगायत गाउँका किसानले सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गर्दै आएका छन्।

पहिलेपहिले भारतबाट खसीबोका आउने गरेको भए पनि पछिल्लो समय स्वदेशी उत्पादनले नै माग धान्दै आएको छ। बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार पछिल्लो एक वर्षयता भारतबाट खसीबोका आउन छाडेका छन्। ‘माग धेरै छ, हामीले धान्ने अवस्थामा छौँ‘ उनले भने। बाहिरबाट खसीबोका ल्याउँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पछिल्लो समय खसीबोका आयात भएको देखिँदैन। सरकारले पशुपालनमा अनुदानसमेत दिँदै आएको भन्दै उनले स्वदेशमै आत्मनिर्भर हुने गरेको उत्पादनमा जोड दिइँदै आएको बताए।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत, भीम आचार्य र टंक कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा...

उपाध्यक्षमा घनश्याम पराजित, उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले जम्मा ७३५ मतका साथ पराजित भएका हुन् । यस्तै अष्टलक्ष्मी...

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम...

कर्णालीका मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव, भोलि मत विभाजन

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत...

विजयी हुने एमालेको नयाँ केन्द्रीय कमिटीले आजै शपथ ग्रहण गर्ने

१४ मंसिर, चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार...