24.1 C
Kathmandu
 

साफ च्याम्पियनसिप आजदेखि, नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै

१५ असोज, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप आजबाट माल्दिभ्समा सुरू हुँदैछ। साफको उद्‌घाटन खेलमा श्रीलंका र बंगलादेशबीच अपरान्ह पौने पाँच बजे प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्‌घाटन खेल हुने भनिए पनि साफले खेल तालिका परिवर्तन गरेको हो। नेपाल र माल्दिभ्सबीच शुक्रबार राति प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ।

 

माल्दिभ्स साविक विजेता र घरेलु टिम भएकाले नेपाललाई पहिलो खेलमा दबाब हुनेछ। यद्यपी नेपालका कप्तान किरणकुमार लिम्बुले माल्दिभ्सलाई घरेलु मैदानको फाइदा भए पनि आफूहरू नडराएको प्रतिक्रिया दिएका छन्। नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ। जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ। ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ। यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे

नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर :  दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर :  विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड :  नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर