23.1 C
Kathmandu
 

हैदरावादलाई हराउँदै चेन्नई प्लेअफमा

१५ असोज, काठमाडौं । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्स ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको खेलमा सनराइज हैदरवादलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

११ खेल खेल्दा ९ खेल जितेको चेन्नाई १८ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट जम्मा २ जित हात पारेको हैदरावाद ४ अंकसहित पुछारमा छ । युएईको शारजहाँमा भएको खेलमा हैदरावादले दिएको १३५ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

अन्तिम दुई ओभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा कप्तान धोनी र अम्बाती राएडुले चेन्नाईलाई २ बल बाँकी छँदै जित दिलाए । १९औं ओभरमा चेन्नाईले १३ रन जोडेपछि अन्तिम ओभरमा सहजै जित हात पारेको हो । चेन्नईको जितमा ओपनर रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए अर्का ओपनर फाप डु प्लेसिसले ४१ रन जोडे । अम्बाती रायडुले १३ बलमा अविजित १७ रन बनाए । कप्तान धोनीले ११ बलमा अविजित १४ रन जोडे ।

हैदरावादका जासन होल्डरले ३ तथा राशिद खानले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । हैदरावादका ओपनर ऋद्दिमान शाहले सर्वाधिक ४४ रन बनाए । अविशेक शर्मा र अब्दुल समादले १८-१८ रन जोडे भने राशिद खान १७ रनमा अविजित रहे । चेन्नाईका जोश हाजलउडले ३ विकेट लिए भने ड्वाने ब्राभोले २ तथा शार्दुल ठाकुर र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर