23.1 C
Kathmandu
 

कर्मचारीले घेरे मन्त्रालय

काठमाडौं , स्थानीय तहमा समायोजन भएका कर्मचारी हाजिर गर्न नपाएपछि सिंहदरबार आइपुगेका छन्। उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिइरहेका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा समायोजनमा परेका करिब एक सय भन्दा कर्मचारी बिहीबारको धर्नामा सहभागी छन्।

आफूलाई खटाइएको कार्यालयमा हाजिर गर्न नपाएपछि उनीहरू मन्त्रालय आइपुगेका हुन्। गएको १७ गतेसम्म उनीहरूलाई मन्त्रालयले हाजिर गर्ने व्यवस्था मिलाएको थियो। तर आइतबारदेखि त्यो पनि बन्द भएपछि कर्मचारीहरू धर्नामा बसेका हुन्।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर