19.1 C
Kathmandu
 

पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का

४ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । बुटवलकै ज्योतिनगर क्षेत्रका पहिरो पीडितले उनीमाथि मुक्का प्रहार गरेका हुन् । सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका मेयर सुवेदीमाथि पहिरो पीडित एक युवाले एक्कासी मुक्का प्रहार गरेका थिए ।

मेयरसँगै रहेका प्रहरी र नगरप्रहरीले उनलाई जोगाएका थिए । पहिरोले विस्थापित भएको लामो समयसम्म पनि कुनै व्यवस्थापनको पहल उपमहानगरपालिकाले नगरेको भन्दै स्थानीय एक युवाले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । पहिरोले सो क्षेत्रका ५० बढी परिवार विस्थापित भएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर