19.1 C
Kathmandu
 

आजदेखि नयाँ नोट साट्न पाइने

४ असोज, काठमाडौं । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका हुन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गएर नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ । नयाँ नोट २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने, विश्वासको मत पाउने सम्भावना निकै कम

२४ असोज, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । उनी भदौ २ गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन भएकी...

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरी मनाइँदै

२४ असोज, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन...

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

२२ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई...

मन्त्रिपरिषद्ले पायो पूर्णता,यि हुन् नयाँ मन्त्री (सूचीसहित)

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी...

प्रतिनिधि सभाको बैठक आज दिँउसाे १ बजे बस्दै

२२ असोज, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा...