22.1 C
Kathmandu
 

आज यी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना

४ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहि सबै प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी र सुदूरपश्चिमको एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको जानकारी दिएको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन । चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर