19.1 C
Kathmandu
 

फुटबल र क्रिकेट कप्तानलाई पनि प्रबल जनसेवाश्री

३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई विभूषित गरेकी हुन् । क्रिकेट टिमका कप्तान मल्ल अहिले ओमान भम्रणमा छन् । नेपालले आज त्रिदेशीय शृंखलाअन्तर्गत ओमानसँग प्रतिस्पर्धा गर्दै छ । किरण भने साफको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा सहभागी छन् ।

संविधान दिवसकै अवसरमा सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई विभूषित गरेको छ । जनसेवा श्रीबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाललाई विभूषित गरिएको छ । यस्तै, सुकीर्ति पदकबाट ब्याडमिन्टन खेलाडी दीपक थापा, कराँतेकी खेलाडी अनु अधिकारी, तेक्वान्दो प्रशिक्षक नर्बु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई विभूषित गरिएको छ । यस्तै, पाराएथ्लेटिक्सबाट खेलाडीद्धय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्रीबाट विभूषित भएका छन्

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने, विश्वासको मत पाउने सम्भावना निकै कम

२४ असोज, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । उनी भदौ २ गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन भएकी...

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरी मनाइँदै

२४ असोज, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन...

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

२२ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई...

मन्त्रिपरिषद्ले पायो पूर्णता,यि हुन् नयाँ मन्त्री (सूचीसहित)

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी...

प्रतिनिधि सभाको बैठक आज दिँउसाे १ बजे बस्दै

२२ असोज, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा...