19.1 C
Kathmandu
 

दशरथचन्द नगरपालिकामा जात्राका लागि दुई दिन सार्वजनिक बिदा

१ असोज, बैतडी । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नं २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार असोज ३ र ४ गते नगरपालिकाअन्तर्गत रहेका सबै सरकारी कार्यालय, गैरसरकारी संस्थामा बिदा हुनेछ । निङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा चिनिन्छ । यहाँ हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीदेखि शुरु हुने यो जात्रा भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछ । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ । यो जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए । जात्रामा निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन् । रासस

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने, विश्वासको मत पाउने सम्भावना निकै कम

२४ असोज, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । उनी भदौ २ गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन भएकी...

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरी मनाइँदै

२४ असोज, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन...

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

२२ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई...

मन्त्रिपरिषद्ले पायो पूर्णता,यि हुन् नयाँ मन्त्री (सूचीसहित)

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी...

प्रतिनिधि सभाको बैठक आज दिँउसाे १ बजे बस्दै

२२ असोज, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा...