19.1 C
Kathmandu
 

चीनमा ६ म्याग्नेच्युडको भूकम्प: कम्तीमा २ जनाको मृत्यु, दर्जनौं घाइते

३१ भदौ, बेइजिङ । चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । घरहरू भत्किएका छन् ।

बिहीबार बिहान ४ः३३ मा १० किलोमिटर गहिराइबाट ६.० म्याग्निच्युडको भूकम्प गएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । सीसीटीभीका अनुसार ६० जना घाइते भएका छन्, त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ । ३५ घर भत्किएका छन् । भूकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ । पश्चिम चीन नियमित रूपमा भूकम्पबाट प्रभावित हुँदै आएको छ । सिचुवानमा सन् २००८ मा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी करिब ९० हजार मानिसको ज्यान गएको थियो । एपीबाट

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने, विश्वासको मत पाउने सम्भावना निकै कम

२४ असोज, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । उनी भदौ २ गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन भएकी...

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरी मनाइँदै

२४ असोज, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन...

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

२२ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई...

मन्त्रिपरिषद्ले पायो पूर्णता,यि हुन् नयाँ मन्त्री (सूचीसहित)

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी...

प्रतिनिधि सभाको बैठक आज दिँउसाे १ बजे बस्दै

२२ असोज, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा...