22.1 C
Kathmandu
 

चीनविरूद्ध अमेरिका, बेलायत र अष्ट्रेलियाले बनाए सैन्य गठबन्धन

३१ भदौ, काठमाडौं । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकासको निम्ति विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी तीन राष्ट्रबीच भएको यो सम्झौतालाई ‘ओकस’ नाम दिइएको छ ।

सो सम्झौता अनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सन् २०१६को सम्झौता रद्द गरेको छ । ओकस सम्झौताले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रवित्रि र साइबरका पक्षलाई समेट्ने बीबीसीले जनाएको छ । यो सम्झौतापछि तीनवटै मुलुकको साइबर क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स र समुद्र मुनिको सैन्य क्षमता तीन गुणाले बढेको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको चीनले विरोध जनाएको छ । वासिङ्टनस्थित चिनियाँ राजदूतावासले अमेरिका, बेलायत र अष्ट्रेलिया शीतयुद्धको मानसिकतामा रहेको आरोप लगाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर