19.1 C
Kathmandu
 

बागलुङमा दैनिक चार घण्टा विद्यालय खुलाइने

३० भदौ, गलकोट । बागलुङ नगरपालिकाले आगामी असोज ४ गतेदेखि नगरपालिकाभित्रका विद्यालय खुलाउने भएको छ। पूर्ण जनस्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए।  यसअघि जिल्ला सदरमुकामस्थित बागलुङ–१, २, ३ र ४ वडा बाहेकका विद्यालय सञ्चालनमा आइसकेका थिए। नगर शिक्षा शाखाले आज आयोजना गरेको सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरूसँगको बैठकले दैनिक चार घण्टा मात्रै विद्यालय खोल्ने निर्णय गरेको हो।

 

‘दैनिक चार घण्टा विद्यालय सञ्चालन गर्ने, प्रार्थनाको समय, खाजा समय नगर्ने गरी विद्यालय सञ्चालनको अनुमति दिइएको छ,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटा डेस्कमा दुई विद्यार्थी राखेर कम्तीमा २० मात्रै कक्षाकोठामा राखेर विद्यार्थी सङ्ख्याका आधारमा तीन सिफ्टमा विद्यालय सञ्चालन गर्न भनेका छौं।’ विद्यालयको साप्ताहिक विवरण नगरपालिकाको शिक्षा शाखामा पेस गर्ने र विद्यालयमा समस्या आएमा वडाको सहजीकरणमा विद्यालय बन्द अथवा समय परिवर्तन गर्न सकिनेछ।

जिल्लामा अहिले कोरोना दर घटेर एक सयभन्दा तल आएपछि जिल्लाका विद्यालय खुल्न थालेका हुन्। विद्यालय सञ्चालन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको शिक्षा शाखालाई दिइसकेको छ।

 

 

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने, विश्वासको मत पाउने सम्भावना निकै कम

२४ असोज, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छन् । उनी भदौ २ गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन भएकी...

नवरात्रको आज चौथो दिन, कुष्माण्डा देवीको पूजाआराधना गरी मनाइँदै

२४ असोज, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन...

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

२२ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई...

मन्त्रिपरिषद्ले पायो पूर्णता,यि हुन् नयाँ मन्त्री (सूचीसहित)

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी...

प्रतिनिधि सभाको बैठक आज दिँउसाे १ बजे बस्दै

२२ असोज, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा...